नेकपा एसको केन्द्रीय कमिटी बैठक

होमल्याण्ड खबर

२०८१ फाल्गुन ९ गते, शुक्रबार १४:४९ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी रहेको छ ।  सो पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठक, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा जारी रहेको हो ।

हिजो देखी सुरू हुने भनिएको केन्द्रीय कमिटी बैठक पोलिटब्युरो सदस्य तथा बाग्मति प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधन भए पछि अन्तिम समयमा स्थगित भएको थियो ।

पुनः आजबाट सुरू भएको बैठकमा सम्मानित नेता झलनाथ खनालले धारणा राखिरहेका छन् ।