८ बैशाख २०८२, सोमबार
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ आज (सोमबार)देखि सुरु भएको छ ।
झापाको कचनकवलबाट अभियान सुरु भएको माओवादी केन्द्रले जनाएको छ । अभियान चैत्र ७ गते कञ्चनपुरमा पुगेर सम्पन्न हुनेछ ।
उक्त अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू झापा पुगिसकेका छन् । माओवादी केन्द्रले गत केन्द्रीय समिति बैठकबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।