एमसीसीलाई कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल

होमल्याण्ड खबर

२०८१ फाल्गुन १२ गते, सोमबार १५:४५ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो पार्टीले एमसीसी कहिल्यै पनि ठिक छ भनेर नभनेको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव भुसालले पार्टीले एमसीसी ठिक कहिल्यै नभनेको बताएका हुन् ।

‘एमसीसी हामीले संस्थागत रूपमा कहिल्यै पनि ठिक भनेनौ’, उनले भने, ‘यो कुरा दुनियाँलाई जानकारी होस्, नेकपा एकीकृत समाजवादीका लागि एमसीसी ठिक कहिल्यै रहेन ।’

उनले एमसीसी कसरी ठिक हुनसक्छ भनेर प्रस्ताव उठाएको भन्दै व्याख्यात्मक टिप्पणीमा पनि केही कमजोरी भएका हुनसक्ने बताए ।

भुसालले एमसीसीको लेखापरीक्षण लगायतमा रिजर्भेसन रहेको भन्दै पार्टी संस्थागत रूपमा एमसीसीको पक्षमा नरहेको प्रस्ट पारे ।