शरणार्थी काण्डमा निलम्बित सचिव पाण्डे जेलबाटै अनिवार्य अवकाशमा

होमल्याण्ड खबर

२०८१ फाल्गुन १३ गते, मंगलवार १०:१५ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे जेलबाटै अनिवार्य अवकाशमा गएमा गएका छन् । काण्डमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका पाण्डे जेलबाटै अनिवार्य अवकाशमा गएका हुन् ।

५ वर्ष अघि २०७६ फागुन १२ मा सहसचिवबाट सचिवमा बढुवा भएका पाण्डे पाँच वर्षे सेवा अवधि पूरा गरेसँगै अनिवार्य अवकामा गएका छन् । पाण्डे गृह सचिव रहेका बेला नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि अहिले केन्द्रीय कारागार सुन्धारामा रहेका छन् ।

तत्कालिन शिक्षा सेवाका सहसचिव पाण्डे सचिवमा बढुवा भइसकेपछि लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन भएको थियो । त्यसपछि उनी कर्णाली प्रदेश सरकारको प्रमुख सचिव हुदैँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा भएर आएका थिए ।