समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा बोल्न अवरोध गर्न खोजियो : नारायणकाजी

होमल्याण्ड खबर

२०८१ फाल्गुन १३ गते, मंगलवार १२:५३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटनका क्रममा आफुलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आग्रहमा आफुले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थीति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए ।

उक्त घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकतावद्ध ढंगले अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

त्यस्तै उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकता, शुभेच्छुकहरुको भावनालाई सकारात्मक रुपमा लिदै सार्वजनिक रुपमा नै क्षमायाचना गर्न चाहेको बताए ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढंगले सफल हुने उनको भनाई थियो ।