नेपाल हवाई सेवा प्राधिकरण विधेयक संसद्‍मा पेस

होमल्याण्ड खबर

२०८१ फाल्गुन १३ गते, मंगलवार १६:४३ मा प्रकाशित

नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने सम्बन्धी दुई वटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरेका हुन् ।

लामो समयदेखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भए पनि विधेयक अगाडि बढ्न सकेको थिएन ।

नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधानका गर्न र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउने लगायत विषय यी विधेयक महत्त्वपूर्ण हुने विश्वास राखिँदै आएको छ ।