आज पनि २२ सयले घट्यो सुनको मूल्य

होमल्याण्ड खबर

२०८१ फाल्गुन १६ गते, शुक्रबार ११:२५ मा प्रकाशित

नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य तोलामै २२ सय रुपैंयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा एक लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।