९ बैशाख २०८२, मंगलवार
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई आइतबार साँझ हृदयघात भएको र थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिए।
‘उहाँलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ, अस्पतालले सबै ठिक छ भनेको छ।’ पाठकले भने ।
यसअघि २०८० भदौ १५ गते पनि हृदयघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो। त्यति बेला उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।