९ मंसिर २०८१, आईतवार
केरुङ काठमाडौं रेलमार्गबारे छलफल सुरु भएको छ।
उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ। चीनका उच्च स्तरिय सरकारी टोलि र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव सहितको नेपाली पक्ष बीच छलफल सुरु भएको हो।
बैठकमा केरुङ काठमाडौं रेलमार्गको डीपीआर कसरी बनाउने भन्ने मोडालिटी बारे छलफल हुने भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ। छलफल अहिले भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयमा बसिरहेको छ।
यो छलफलले डीपीआर (बिस्तृत परियोजना प्रतिवेदन) बनाउन लाग्ने खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लगाउने मन्त्रालयले बताएको छ। साथै चिनिया टोलीले पोखराको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ।