८ बैशाख २०८२, सोमबार
सरकारले जारी गरेको सुशासनसँग सम्बन्धित अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकले ‘सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ स्वीकृत गरेको हो।
गत पुस २९ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका थिए। विपक्षी दलहरुको तर्फबाट भानुभक्त जोशीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने विरोधको सूचना राखेका थिए।
प्रतिनिधिसभामा बहुमत हुँदा हुँदै राष्ट्रियसभामा सामान्य बहुमत नहुँदा सरकारले अध्यादेश स्वीकृतिका लागि पेश गर्न हच्किदै आएको थियो।