८ बैशाख २०८२, सोमबार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथिको अन्याय सह्य नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कुलमानको योगदानको अवमूल्यन नगर्न सरकारलाई चेतावनी दिए ।
उनले भने,‘सरकारका मन्त्रीहरुको पनि कार्यसम्पादन मूल्यांकन पनि हिजो/अस्ति आयो त, प्रधानमन्त्रीको कार्यालयले नै उत्तिर्ण अंक ल्याएन, सबभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयको त ८ प्रतिशतपनि अंक आएन । पहिलो कुरा त सरकारले नैतिकताको आधारले राजीनामा दिनुपर्यो, सरकारका मन्त्रीहरु फेरिनुपर्यो । अनि अरु कर्मचारीलाई पनि यो दण्डा चलाउन पाईन्छ । आफूलाई मन लागेको जे पनि गर्ने, अनि निरीह कर्मचारीलाई डण्डा चलाउने काम स्विकार्य छैन् ।’