१४ मंसिर २०८१, शुक्रबार
काठमाडौं उपत्यकासहित देशैभर चिसो बढ्दै गएको छ ।
काठमाडौं उपत्यकासहित देशैभर दिनहुँ तापक्रम घट्दै जानुका साथै चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सिमरा, ताप्लेजुङ, जुम्लाको तापक्रम माइनसमा झरेको छ ।
अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने अनुमान गरिएको छ ।
मंगलबार पूर्वी पहाडी भेगमा भने हल्का पानी पनि पर्न सक्ने सम्भावना छ भने राति पहाडी र उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
४० वर्षअघि सन् १९७८ को जनवरी ११ मा काठमाडौंको न्युनतम तापक्रम अहिलेसम्मकै कम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको थियो ।