वर्षा नहुँदा काठमाडौंको आकाश धुम्म, प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा

होमल्याण्ड खबर

२०८१ फाल्गुन २५ गते, आईतवार १५:१७ मा प्रकाशित

पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाशमा डम्म बादल लगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।

‘मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ । तर, प्रदूषण हट्ने गरी वर्षा भएको छैन,’ उनले भने, ‘अझै तीन दिन यस्तै हुने देखिन्छ ।’

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौं विश्वको पाचौँ प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण १ सय ६३ एक्युआई पुगेको छ ।

विश्वको सबैभन्दा बढी प्रदूषित शहरको रूपमा भियतनामको राजधानी हनोई सहर सूचीकृत भएको छ । यस्तै, दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ ।