राजासहितको लोकतन्त्र खोजेका हौं : कमल थापा

होमल्याण्ड खबर

२०८१ फाल्गुन २७ गते, मंगलवार १३:२६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने उनकाे टिप्पणी छ ।

उनले भने, लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन। त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरङ्कुशता खोजेको होइन ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले जनताले लोकतन्त्रको विकल्प नखोजेको तर राजासहितको लोकतन्त्र खोजेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, राजासहितको लोकतन्त्र खोजेको हो । लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र,सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो । मर्यादित र जबाफदेही लोकतन्त्र खोजेको हो ।

राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ । बेलायत, जापान,नर्वे लगायतका कैयौँ मुलुक त्यसको ज्वलन्त उदाहरण हुन् । जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।