आन्दोलनरत शिक्षकसँगका सहमति कार्यान्वयन गर्न माग

होमल्याण्ड खबर

२०८१ फाल्गुन २७ गते, मंगलवार १४:२० मा प्रकाशित

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन नहुनु खेदजनक र निन्दनीय भएको भन्दै तत्काल सहमति कार्यान्वयन गर्न माग गरेका हुन् ।

सरकारले पटक–पटक गरेका सहमतिको पालना गर्दै तत्काल शिक्षकहरूसँग वार्ता र सम्वाद गर्न उनले माग गरे । केसीले विद्यालय लय ऐन जारी गर्ने लगायत मागहरू समाधान गर्न समेत आग्रह गरे ।

यस अघि आफूहरूसँग सरकारले गरेको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै देशभरका शिक्षकहरू अहिले आन्दोलित भएका छन् । पछिल्लो समय शिक्षकहरुले राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।