प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवानेता बम पक्राउ

होमल्याण्ड खबर

२०८१ चैत्र २ गते, आईतवार १३:४१ मा प्रकाशित

प्रहरीले माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाउने निराजन बमलाई पक्राउ गरेको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका युवानेता हुन् ।

राप्रपाको युवा संगठनका नेता बमलाई चितवनको भरतपुर विमानस्थलबाट प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ । काठमाडौं आउने तयारीमा रहेका उनलाई चितवनमै प्रहरीले पक्रेको हो ।

राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । हेटौँडामा भएको कार्यक्रममा उनले प्रचण्डको तस्वीर देखाउँदै तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि भन्दै जलाएका थिए ।