८ बैशाख २०८२, सोमबार
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् ।
यौन व्यवसायलाई खुला गरौँ भन्दै उनले चैत ३ गतेको संसद् बैठकमा बोलेका थिए । उनको उक्त अभिव्यक्तिको संसद् र पार्टीको बैठकमा चर्को आलोचना भएपछि घिमिरेले माफी मागेका छन् ।
‘चैत ३ गते संसद्को आकस्मिक समयमा राखेको विचार पार्टीको होइन । मेरो नितान्त व्यक्तिगत विचार हो । यो विचारले माननीय सदस्य तथा जनसमुदायमा नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमा याचना गर्न चाहान्छु,’ उनले भने ।
मंङ्गलबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा सभापति देउवाले उनलाई माफी माग्न निर्देशन दिएका थिए ।