सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८१ चैत्र ७ गते, शुक्रबार ११:०२ मा प्रकाशित

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो ।

जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।