कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

होमल्याण्ड खबर

२०८१ चैत्र ९ गते, आईतवार १७:०१ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक सुरु भएको हो ।

बैठकमा संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । त्यस्तै बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधिबारे पनि छलफल हुनेछ ।

दिउँसो एक बजेका लागि बोलाइए पनि बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।