राजसंस्था फर्काउने कुरा त आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो : गाेकुल बास्काेटा

होमल्याण्ड खबर

२०८१ चैत्र १० गते, सोमबार १२:३७ मा प्रकाशित

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने बनाउने रहेको बताएका छन्।

पछिल्लो समय राजसंस्था फर्काउने घोषणासहित राजावादी दलहरू एकजुट हुने प्रयास भइरहेको बेलामा नेता बास्कोटाले आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना रहेको विश्लेषण गरे।

उनले भनेका छन्, ‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो।

उनले राजसंस्था फर्काउनको कुरा आकाशको जुनतारा खसाल्ने सपना जस्तै भएको तर्क गरे।