पीएन क्याम्पस पोखरामा अनेरास्ववियुको प्यानल दोब्बर बढी मतान्तरले विजयी

होमल्याण्ड खबर

२०८१ चैत्र ११ गते, मंगलवार ११:१९ मा प्रकाशित

पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै बिजयी भए ।