माइतीघरमा ‘कुलमान घिसिङ जिन्दावाद’ भन्दै प्रदर्शन

होमल्याण्ड खबर

२०८१ चैत्र ११ गते, मंगलवार १४:०० मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौंको माइतीघर मण्डलामा स्वतन्त्र नागरिकको तर्फबाट उनीहरूले प्रदर्शन गरेका हुन् ।

माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।