७ बैशाख २०८२, आईतवार
प्रतिनिधि सभाको आइतबारको बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला सुरू भएको छ।
सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै विपक्षी र सत्ता दुवै पक्षका सांसदहरूले बोल्न पाउनुपर्ने मागसहित होहल्ला गरेका छन्।
बैठकको लाइभ प्रशारण भने भएको छैन। प्राविधिक समस्या देखिँदा बैठक लाइभ प्रशारण नभएको बताइएको छ।
सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेर सदन अवरुद्ध गरिरहेका छन्।
त्यसमाथि शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनले पनि सदन चर्किने देखिएको छ।
सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग गतिरोध अन्त्य आज छलफल गरेका थिए।