९ मंसिर २०८१, आईतवार
एन आई सी एशिया बैंक लिमिटेडले आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टबीच हस्ताक्षर भएको छ ।