६ बैशाख २०८२, शनिबार
भाटभटेनी सुपर मार्केटले सुरक्षागार्ड दल (कृष्ण) प्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ। १५ चैत्रमा राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्न आएकाहरूमाथि प्रतिकार गरी थप क्षति हुनबाट जोगाएको भन्दै सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार ११ नगदसहित पुरस्कृत गरिएको हो।
पराजुलीको योगदानको कदर गर्दै भाटभटेनीले थप पाँच ग्रेड समेत बढुवा गरिदिएको छ। उनीसँगै अन्य सुरक्षागार्डहरूको ग्रेड बढुवा र नगदसहित सम्मान गरेको छ।
पराजुलीको योगदानको कदर गर्दै भाटभटेनीले थप पाँच ग्रेड समेत बढुवा गरिदिएको छ। उनीसँगै अन्य सुरक्षागार्डहरूको ग्रेड बढुवा र नगदसहित सम्मान गरेको छ।