१४ मंसिर २०८१, शुक्रबार
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार बिहान बिशेष बिमानबाट जनकपुर आइपुगका छन् । राम जानकी विवाह महोत्सवका क्रममा जन्तीको नेतृत्व गर्न उनी नेपाल आइपुगेका हुन् । उनलाई बिमानस्थमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले स्वागत गरेको जनकपुरबाट जानकारी गराइएको छ ।
विवाहपञ्चमी मूल समारोह समितिका एक सदस्यका अनुसार योगी बिमानस्थलबाट पूजा गर्न सोझै जानकी मन्दिरमा गएका छन् । उनले दिउँसो सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।