महानगरका कर्मचारीले बुझे ३ महिनादेखि रोकिएको तलब

होमल्याण्ड खबर

२०८१ चैत्र २४ गते, सोमबार १३:४४ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । तीन महिनादेखि रोकिएको तलब महानगरका कर्मचारीले आज पाएका हुन् ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले सोमबार एक बजे तलबको म्यासेज आएको बताए । ुमहानगरबाट पाउनुपर्ने सबैले तलब पाएका हुन्,ु उनले भने ।

चैत १५ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर भएसँगै तीन महिनादेखि रोकिएको कर्मचारीको तलब दिने निर्णय गरेका थिए ।