नेप्सेमा १३.९० अंकको बढ्यो

होमल्याण्ड खबर

२०८१ चैत्र २६ गते, बुधबार १५:३० मा प्रकाशित

साताको चौथो कारोबार दिन नेप्से १३.९० अंकले बढेर २६८०.५२ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।आज बजारमा सुधार आउँदा सबै हरियाली भएको छ ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी होल्डिङको ३० करोड २२ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको २७ करोड ४४ लाख १ हजार रुपैयाँ , नेपाल रिइन्स्योरेन्स कम्पनीको २७ करोड ७२ लाख ११ हजार रुपैयाँ, राधी विद्युत् कम्पनीको २० करोड ४४ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।