त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

होमल्याण्ड खबर

२०८१ चैत्र २७ गते, बिहीबार १५:४९ मा प्रकाशित

 त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्व विश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बरालले गत चैत १६ गते राजीनामा बुझाएका थिए । बराललाई त्रिविको उपकुलपतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन १० गते नियुक्त गरेको थियो ।