६ बैशाख २०८२, शनिबार
भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंसँगै प्रहरीले उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिएको छ।
प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेको छ।
उनीहरूलाई आजै बिहान काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइएको छ। अब झापास्थित भद्रपुर विमानस्थलबाट उनीहरूलाई फ्लाइटमा काठमाडौँ ल्याइँदै छ।