दुर्गा प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राख्न अनुमति माग्ने तयारी

होमल्याण्ड खबर

२०८१ चैत्र २८ गते, शुक्रबार १४:२८ मा प्रकाशित

तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको हो । उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।