निषेधित क्षेत्र तोड्ने राप्रपा नेताहरूको प्रयास, प्रहरीले गर्‍यो माइकिङ

होमल्याण्ड खबर

२०८२ बैशाख ७ गते, आईतवार १३:३९ मा प्रकाशित

राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा)का नेताहरूले निषेधित क्षेत्र तोड्न खोजेका छन् । राप्रपाका नेता विक्रम पाण्डेसहितले बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।

तर, प्रहरीले प्रारम्भिक चेतावनीस्वरूप निषेधित क्षेत्र नतोड्न माइकिङ गरिरहेको छ ।

राप्रपाका नेताहरूले निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन गरिरहेका छन् ।