८ बैशाख २०८२, सोमबार
शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एकजना पक्राउ परेका छन्। काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको क्रममा शिक्षकहरूविरुद्ध नाराबाजी गर्ने व्यक्ति पक्राउ गरेका हुन्।
शिक्षकहरूविरुद्ध लगातार नाराबाजी गरेपछि ती व्यक्तिलाई शिक्षकहरूले नै घेरा हालेर नियन्त्रणमा लिएका थिए। लगत्तै उनीहरूलाई ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको नेपाल शिक्षक महासंघले जनाएको छ। उनीलाई केही शिक्षकहरूले लछारपछारसमेत पारेका थिए।