७ हजार बढीले घट्यो सुनको मूल्य

होमल्याण्ड खबर

२०८२ बैशाख १० गते, बुधबार १२:२९ मा प्रकाशित

सुनको मूल्य तोलामा सात हजार ५०० ले घटेको छ । मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू पाँचले घटेर एक हजार ९६५ मा कारोबार हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।