आज सुनको मुल्य कतिमा भइरहेको कारोबार?

होमल्याण्ड खबर

२०८२ बैशाख ११ गते, बिहीबार १२:३२ मा प्रकाशित

स्थानीय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको भाउमा ७ हजार ५ सय रुपैयाँको भारी गिरावट आएको थियो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ४५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १० रुपैयाँ कायम भएको छ ।