सहकारी ठगीमा पक्राउ परेकी सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

होमल्याण्ड खबर

२०८२ बैशाख १४ गते, आईतवार १२:२७ मा प्रकाशित

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।

शनिबार राति आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ । आइतबार म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।