शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग

होमल्याण्ड खबर

२०८२ बैशाख १५ गते, सोमबार १२:३५ मा प्रकाशित

सांसदहरूले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्दै उनीहरूले शिक्षकको आन्दोलन लम्बिँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

शिक्षक आन्दोलनको माग सम्बोधन गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने उनीहरूको आग्रह छ । साथै शिक्षकको माग सम्बोधन र शिक्षा ऐन निर्माणको विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ ।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकतान्त्रिक सरकारले आन्दोलनरत पक्षमाथि दमन नभएर उनीहरूको माग सम्बोधनमा ख्याल गर्नुपर्ने बताए ।