राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टचार भेट

होमल्याण्ड खबर

२०८२ बैशाख १९ गते, शुक्रबार ११:१९ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पाौड्लसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुशी व्यक्त गरे ।

दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने उनले बताए ।

कोप-२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास उनले व्यक्त गरे ।

उपविदेशमन्त्री मामोडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिए ।