कांग्रेस सभापति देउवा र अर्थमन्त्री पौडेलबीच भेटवार्ता, के भयो छलफल ?

होमल्याण्ड खबर

२०८२ बैशाख २२ गते, सोमबार १२:५३ मा प्रकाशित

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् । आज बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् ।

सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए ।