प्रचण्डलाई किन भेटे अर्थमन्त्री पौडेलले ?

होमल्याण्ड खबर

२०८२ बैशाख २३ गते, मंगलवार १३:१८ मा प्रकाशित

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आगामी बजेटबारे छलफल गरेका छन् ।

सदनमा नीति तथा कार्यक्रममाथि सोमवार छलफलमा भाग लिएका विपक्षी दलका नेतालाई भेटेर अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका बारेमा परामर्श गरेका हुन् ।

भेटबारे कुरा गर्दै अर्थमन्त्री पौडेलले विपक्षी दलका नेताको पनि राय सुझाव लिने क्रममा बजेटको सीमा तथा प्राथमिकताबारे नीति तथा कार्यक्रम केन्द्रित रहेर सामान्य कुराकानी भएको बताए ।

यसअघि अर्थमन्त्री पौडेलले सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सोमवार छलफल गरेका थिए ।

सो अवसरमा विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले बजेटको बारेमा अर्थमन्त्रीलाई सुझाव दिँदै जनमुखी र देशले धान्न सक्ने कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।