उपराष्ट्रपति यादवसँग इजरायलका राजदूतको शिष्टाचार भेट

होमल्याण्ड खबर

२०८२ बैशाख २३ गते, मंगलवार १६:५८ मा प्रकाशित

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र सम्भावित सहकार्यका विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।

राजदूत बासले नेपाल–इजरायल सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, इजरायल सरकारको तर्फबाट नेपालको विकासका क्षेत्रमा आवश्यक सहयोग निरन्तर रहने बताएका थिए।

उपराष्ट्रपति यादवले इजरायल सरकार र जनताप्रति शुभेच्छा व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।