२९ बैशाख २०८२, सोमबार
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार उच्च अंकले बढेको बजार आज नेप्से परिसूचक १२.६० अंकले घटेर दुई हजार ६६१.०८ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कारोबार रकम भने बढेको छ । आज कूल ३ करोड ७ लाख ९९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार आज ९६ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५० वटा कम्पनीको मूल्य घटेको छ।
त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, बुटवल पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ७८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।