ए डिभिजन लिगः पुलिस र फ्रेन्ड्स तथा मनाङ र आर्मी भिड्दै

होमल्याण्ड खबर

२०७५ मंसिर २८ गते, शुक्रबार १०:३० मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेल विभागीय टिम नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमको खेल बिहान ११ बजे सुरु हुनेछ ।

पुलिस ७ खेलबाट ११ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । फ्रेन्ड्स ७ खेलबाट ५ अंक सहित ११ औं स्थानमा छ ।

एन्फा कम्प्लेक्समै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

मनाङ ७ खेलबाट २१ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । आर्मी १७ अंक सहित तालिकाको चौथो स्थानमा छ ।