२३ फाल्गुन २०८२, शनिबार
सुनको मुल्य आज एकैदिन तीन हजार सात सय रुपैयाँले घटेको छ । सुनको मुल्य तीन हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँ रहेको थियो ।


त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य १० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।