कांग्रेस सांसद माेहन बस्नेत निलम्बित

होमल्याण्ड खबर

२०८२ जेष्ठ २ गते, बिहीबार १४:१२ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

बस्नेत सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वत: निलम्बन हुने व्यवस्था छ।