१४ मंसिर २०८१, शुक्रबार
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस गरेका चोलेन्द्रशम्शेर जबराको संसदीय सुनुवाइ प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ ।
संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीका लागि जबराको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुन लागेको हो ।
सुनुवाइ प्रक्रिया सुरु गर्न समितिको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ ।
संवैधानिक परिषद्को सिफारिस समितिमा आएको र सोही अनुसार जबराको सुनुवाइ प्रक्रिया थालिने संघीय संसदको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
संवैधानिक परिषदको बैठकले मंसिर २७ गते बिहीबार सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
सुनुवाइ समितिले जबराविरुद्ध सार्वजनिक उजुरी आह्वान गर्नेछ, त्यसपछि सुनुवाइ हुनेछ ।
वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका छन् ।