कास्कीमा ४.७ म्याग्निच्यूडको भूकम्प

होमल्याण्ड खबर

२०८२ जेष्ठ ७ गते, मंगलवार १४:५२ मा प्रकाशित

कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

कास्कीको सिनुवा क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।