काठमाडौको सिग्मा कलेजको क्यान्टिमा आगलागि

होमल्याण्ड खबर

२०८२ जेष्ठ ८ गते, बुधबार १०:३३ मा प्रकाशित

महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिमा जेठ ७ गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन् ।

ग्याँस लिग भई आगलागि हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करीव ३ लाख रुपैयाँ बराबरको क्षती भएको बताईएको छ ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र कमाठमाडौ महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमाण्डमा खटिएको सुरक्षा फौज आगलागि नियन्त्रणमा जुटेको थियो । आगलागि बिहान करीव ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको थियो ।