१३ बैशाख २०८३, आईतवार
डा. बाबुराम भट्टराईले माओवादीसँग एकता नगर्ने अडान लिएपछि पार्टी फोडेर हिँडेको महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)मा पनि भाँडभैलो सुरु भएको छ।
सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्षले माओवादीसँग तत्कालै एकता गर्ने तयारी गरेको छ।


श्रेष्ठ पक्षले माओवादीसँग १२ गते एकता गर्ने तयारीस्वरुप ११ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। तर, यादव पक्ष तत्काल माओवादीसँग एकता गर्ने पक्षमा छैनन्।
श्रेष्ठ पक्षले बैठक बोलाएपछि महासचिव रमेश यादवले विज्ञप्ति जारी गर्दै ११ गतेको बैठक आधिकारिक नभएको बताइसकेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेष्ठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।
नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको सन्दर्भमा रूपान्तरणसहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु।’