१३ बैशाख २०८३, आईतवार
तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँले बिहीबार प्रसाईंलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।


प्रहरीले तीनकुने घटनाका आरोपी प्रसाईंसहित ५३ जनालाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो। अदालतले दुई दिन म्याद थप गरेको हो।